कलैया,नेपाल कम्युनिष्ट पार्टी माओवादीका बारा जिल्ला ईन्चार्ज एंव संविधान सभाका सदस्य गोपाल ठाकुरले माओवादी पार्टीलाई नयाँ शक्तिको रुपमा रुपान्तरण गर्नु पर्ने बताउनुभएको छ ।

माओवादी केन्द्रको आदर्श कोतवाल गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशनमा प्रमुख अतिथिको अशानबाट बोल्दै ठाकुरले देशमा ठूलो पार्टीको रुपमा माओवादीलाई अगाडि बढाउन स्थानीय तहबाट नै कार्यकर्ताहरु एकीकृत हुनु पर्नेमा जोड दिनु भएको थियो ।

सोहि कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि संविधान सभाका अर्का सदस्य जयराम दाहालले अधिवेशनको उदेश्य माओवादीलाई नयाँ मोडमा लैजानु भएको भन्दै अधिवेशनले त्यस प्रकारको नेतृत्व चयन गर्नु पर्ने बताउनुभएको थियो । माओवादी पार्टीलाई स्थानीयत तहदेखि नै बलियो बनाउन पनि उहाँले आग्रह गर्नु भयो ।

त्यसैगरी पार्टीको बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठले पनि माओवादी सैद्धान्तिक लडाइमा जहिले पनि अगाडि रहेको बताउदै कार्यकताहरु एकजुट हुनु पर्नेमा जोड दिनु भएको थियो । पार्टीको जिल्ला समन्वय समिति सद्स्य राकेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ठाकुरले सहिद परिवारका सद्स्यलाई दोसल्ला ओढाएर समान गर्नु भएको थियो ।

आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ४ भटिनियामा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघ बाराको अध्यक्ष रामबाबु मेहता, वडा नम्बर ४ का अध्यक्ष शेख जबाहिर, कलैया उपमहानगरपालिका कमिटी ईन्चार्ज मुकेश साह, माओवादी नेताहरु ईस्लाम अंसारी, गम्भीरा यादव, सुखल असारी, रंजित पटेल, प्रभु यादवलगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन देवशरण साह कानुले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here