हेटौंडा –  हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रमा कच्ची रहेका सडकहरु धमाधम पक्की निर्माण गर्न लागिएको छ । हेटौंडाका साविकका ११ वटा वडामा सडक पीच गर्ने, स्लाव ढलान गर्ने काम संगै पछी थपीएका पडामा पनि दु्रत गतिमा सडक पक्की निर्माण गर्न थालिएको हो । आज हेटौंडा ५ भैरवरोड चिसापानी सडकमा स्लाव ढालनको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो । आठ मिटर चौडाई रहेको सडक एक सय ७५ मिटर फराकिलो वन्ने छ ।

 

कुल ३० लाख ८३ हजार रुपैयाँ लागतमा सडक निर्माण गर्न लागिएको हो । भैरवरोडको सडक पहिले पिच भएपनी पछील्लो समयमा कच्ची सडक जस्तै भएको थियो । यो सडक निर्माणमा आफुहरुले प्राथमिकताका साथ काम गरेको मेयर महतले वताउनुभयो । यो सडक निर्माण भएपछी हेटौंडा भरीका नागरिकलाई फाइदा पुग्ने छ । पहिलेको भन्दा फराकिलो रुपमा यस सडकलाई विस्तार गर्न लागिएको मेयर महतले वताउनुभयो ।

 

यसैगरी हेटौंडा १ पाथीभरा मन्दिर नजिक आजबाट स्लाव ढलाइको काम सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर महतले स्लाव ढलाइको शिलान्यास गर्नुभयो । कुल २३ लाख २७ हजार रुपैयाँ लागतमा स्लाव ढलान गरेर सडक निर्माण गर्न लागिएको हो । हेटौंडाको रापतीपुलबाट पाथीभरा मन्दीर र आसपासका क्षेत्रमा जान आउनका लागि सहज होस भन्ने उदेश्यले स्लाव ढलानको काम गर्न लागिएको हो । कुल एक सय ७५ मिटर लम्बाइको स्लाव ढालनमा चार मिटर चौडा सडक निर्माण गरिने छ ।

Leave a Reply