सिमरा,जस्तोसुकै गठबन्धन बनाएर आएपनि चुनावमा नेकपा एमालेले धुलो चटाउने नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पुरुषोत्तम पौडेलले बताउनु भएकोछ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ को प्रथम वडा अधिबेशनको आइतवार उद्घाटन गर्दै एमाले नेता पौडेलले यस्तो बताउनु भएको हो ।
एमालेको मधेस प्रदेसका सहईन्चार्ज समेत रहनुभएका पौडेलले एमालेको अगाडि कुनै पनि शक्ति टिक्न नसक्ने दाबी समेत गर्नुभयो । उहाँले गठबन्धन नेताहरुको मात्र भएको र एमालेसंग जनता रहेकोेले अबको निर्वाचनमा गठबन्धनलाई धुलो चटाइने बताउनु भएको थियो ।
पूर्वमन्त्री समेत रहेका नेता पौडेलले एमालेले मात्रै जनताको पक्षमा काम गरेको दाबी समेत गर्नुभयो । । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, मधेस प्रदेशका सचिव कृष्ण पौडेल, एमाले बाराका अध्यक्ष बिनोद साह, एमाले बाराका पूर्वअध्यक्ष देबनारायण चौधरी, एमालेका नेता मनोज पौडेल, एमाले बाराकी उपाध्यक्ष टिना सुवेदी, सचिव अध्यानन्द पाण्डे, प्रदेश कमिटी सदस्य मोबिन आलम, कलामुदिन अन्सारी, तारा कार्की, भोला अधिकारी, एमालेका युवा नेता सेराजुल अन्सारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनले भोला अन्सारीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा अध्यक्ष इलियास देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रुस्तम अन्सारीले गर्नुभएको थियो ।