हेटौंडा –  सुरक्षित बैदेशिक रोजगार हाम्रो सरोकार विषयक माध्यमिक विद्यालय स्तरिय बृतृत्वकला प्रतियोगिता आज हेटौंडामा भएको छ । कार्यक्रमका अवसरमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले ध्यान दिनुपर्ने वताउनुभयो ।

 

 

उपमहानगरपालिका कार्यालयको आयोजनामा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ भव्यताका साथ मनाऔं भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो । सुरक्षित वैदेशीक रोजगारी नहुदा धेरै नेपालीहरुले दुख पाएकोले यसतर्फ सवैले ध्यान दिनुपर्ने मेयर महतले वताउनुभयो ।

 

 

 

प्रतियोगितामा बालबोध माबिका सुदिप थोकर प्रथम, भुटनदेवि माविका मनिसा वस्नेत द्धितीय, सनराइज वोडिङका शुशिल फूयाल तृतिय र ज्योति माविका सिता तिमल्सीना सान्तोना भएका छन् । विजयी विद्यार्थीलाई मेयर महतले नगद रकम सहित पुरस्कृत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here