हेटौंडा –  मकवानपुरको कैलाश गाउँपालिकामा चालु आर्थिक वर्षमा ठुला लगानीका चारवटा सडक निर्माण हुन लागेका छन् । चार वटा ठुला सडकले गाउँपालिका भरीका वासिन्दालाई यात्रा गर्न सहजता प्रदान गर्ने छ । कुल चार करोड ९५ लाख रुपैयाँ लागतमा ठुला चार वटा सडक निर्माण गर्न लागिएको हो । ठुला लगानीका सडक निर्माणका लागि प्रदेश सरकार र गाउँपालिकाले चालु आर्थिक वर्षमा काम गर्ने योजना वनाएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले वताउनुभयो ।

 

 

एक करोड ५० लाख रुपैयाँ लागतमा कैलाश गाउँपालिका वडा नम्बर ५ गोगने देखि कैलाश ३ कालिकाटार सम्मको १४ किलोमिटर सडक निर्माण गर्न लागिएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । यस सडकमा गाउँपालिकाले एक करोड रुपैयाँ र प्रदेश ३ सरकारले ५० लाख रुपैयाँ लगानी गरेको छ । टेण्डर प्रकृया मार्फत ट्रयाक खोल्ने तयारी भएको छ । सडक वनिसक्दा ३ वटा वडाका वासिन्दालाई फाइदा पुग्ने छ ।

 

 

यसैगरी गैरीगाउँ, गोगने, पकनी डाँडाखर्क सडक निर्माण हुने भएको छ । कैलाश गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का वासिन्दाहरुलाई फाइदा पुग्नेगरी सडक निर्माण गर्न लागिएको उहाँले वताउनुभयो । सडक निर्माणका लागि प्रदेश सरकारले एक करोड र गाउँपालिकाले २० लाख रुपैँया लगानी गरेर सडक निर्माण गर्ने तयारी गरिएको छ । टेण्डर मार्फत छिट्टै काम सुरु गर्ने तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।

 

 

भार्ता, डाँडाखर्क, छ्याङ्दुङ, खोलाखर्क सडक निर्माण गर्न लागिएको छ । कैलाश गाउँपालिका वडा नम्बर २ छ्याङदुङ र कैलाश ८ भार्ता, कैलाश १ खोलाखर्कका वासिन्दालाई यात्रा गर्न सहज हुनेगरी सडक निर्माण गर्न लागिएको हो । यस सडक निर्माण गर्नका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ लगानीमा निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

 

 

 

तीन वटै सडक मकवानपुरको भिमफेदी गाउँपालिकाको चुनियाँ देखि नामटार, कालिकाटार, भार्ता, डाँडाँखर्क, गोगने हुँदै थाहा नगरपालिका जोड्ने गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जनाकारी दिनुभयो । यसैगरी घुमाउने, बुकुटी, लिक्चे लापती सडक निर्माण गर्न लागिएको छ । कैलाशको वडा नम्बर ४ र राक्सीराङ गाउँपालिका वडा नम्बर ३ जोड्ने सडक निर्माण गर्न लागिएको छ । गाउँपालिकाको ५५ लाख र प्रदेश सरकारको १ करोड रुपैयाँ लागतमा काम हुँदै गरेको उहाँले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here