कृष्ण मोहन साह
सेढवा – नेपाल विधुत प्राधिकरण पोखरीया शाखाको चरम लापरबाहीका कारणले गर्दा पर्साको ठोरी गाउँपालिकावासी तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । बिरगंज ठोरी हुलाकी सडक खण्ड अन्तरगतको बिच सडकमा पर्न गएको बिधुतिय पोल जीराभवानी गाउँ पालिका -१,गमहरीयामा बिजुलीको पोल सार्ने काममा ठेकेदारले लापरबाही गर्दा ठोरी क्षेत्रमा बिगत तीन दिन देखि बिधुत सेवा अवरुद्ध हुँदै आएको छ।
हुलाकी सडकको बीच भागमा पोल सार्ने ठेक्का लिएको ठेकेदारले पोल सार्न ढिलासुस्ती गर्दै आएको स्थानीयले बताएका छन । ठेक्कादरले दिनभर ढिलासुस्ती गर्दै काम गर्ने गरेको कारणले गर्दा ठोरी गाउँपालिकाको ठोरी रामनगर निर्मल बस्ती सुवर्णपुर बिजय बस्ती लगाएतका गाउँमा बिधुत सेवा अबरुद्ध भएको हो । तीन दिन देखि बिधुत सेवा अबरुद्ध हुदा त्यस क्षेत्रमा दैनिकी हुने कुटानी पिसानी बैंकिङ कारोबार प्रभावित हुनुको त्यस क्षेत्रका जनताहरु सन्चार सेवाबाट समेत बन्चित हुन पुगेको बिजयबस्तीका स्थानीय अमर निर्दोषले बताए ।
ठेकेदारले विजुली सार्न ढिलासुस्ती र लापरबाही गर्दा समेत विधुत प्राधिकरण पोखरीयाले कुनै नियमन र अनुगमन नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । प्राधिकरणले विना सूचना लाईन काट्दा समेत प्राधिकरण मुकदर्शक बनेको भन्दै सुवर्णपुरका स्थानीय युवा नेता बिमल प्रधानले आक्रोश व्यक्त गरे । उनले विधुत चुहावट नियन्त्रणको नाममा जनतालाई दु:ख दिने प्राधिकरण विधुत सुचारु गर्न ध्यान नपुर्याएको आरोप लगाए ।
तर नेपाल बिधुत प्राधिकरण को पोखरिया बितरण साखा का प्रमुख उपेन्द्र नरायण यादव ले पोल सार्ने बहाना लाइन काटने काम गलत भएको भन्दै आफुले तत्काल आफ्नो मातहत मा रहेको प्राबिधिक हरुको टोलि अहिले नै त्यस तर्फ पठाइ दिन मा काम गर्ने र रातको समय बिधुत सेवा सुचारु गराउने प्रतिबद्धता जनाउनुभयो।