सिमरा –  नेकपाका केन्द्रिय सदस्य एवम विरगंज महानगरपालिकाका ईन्चार्ज दिनेश राईले नेकपा कुरामा नभै काममा विश्वास गर्ने पार्टि भएको बताउनुभएको छ । पर्साको विरगंज महानगरपालिका वडा नम्बर ३२ को वडा भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका राईले संविधान निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने नेकपाले नेपालको राजनितीमा महिलालाई मतदान गर्ने अधिकार, जातिय छुवाछुतलाई अनत्य गर्ने अभियान लगाएत धेरै काम गरेको बताउदैँ यो पार्टिले कुरा नभै काम गर्नेमा विश्वास राख्ने बताउनुभएको हो ।

 

 

 

यसैगरी कार्यक्रममा बोल्दै नेकपा पार्टि विरगंज महानगरपालिकाका अध्यक्ष रहबर अंसारीले नेकपा भित्र टेन्डर भरुवाहरुको कुनै स्थान नभएको जिकीर गर्नुभएको थियो । उहाँले साविक एमालेलाई कम्युनिष्टको किताब र ए. माओवादि किताबलाई पल्टाउने उर्जाको संज्ञा दिदै अब किताब र उर्जा दुबैको मेल भएपछि यस पार्टिलाई कसैले पछि पार्न नसक्ने बताउनुभएको थियो ।

 

 

 

रेयाजुल अंसारीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा पार्टिका पर्सा जील्ला सदस्य प्रभु यादब, नन्दकिशोर पंजीयार, पार्टिका अग्रज कैलाश यादब, महादेव गुरो, ईनरदेव मण्डल, नवल अंसारी, सादिक अंसारी, जुमादिन अंसारी, जगदिस राउत, महिन्द्र राउत, चुरन गुरो, रमायन महतो, सफरुन नेसा, वजीर अंसारी लगाएतको सहभागीता भएको थियो ।

 

 

 

 

भेलाले बिरगंज महानगरपालिका वडा नम्बर ३२ मा ४५ सदस्य वडा समितिको लागि नामावलि समेत छनौट गरेको छ । जसमा सविक एमालेबाट २३ जना सदस्य र ए.माओवादिबाट २२ जना सदस्य रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here