निजगढ,रेडक्रस दिवसको अवसरमा निजगढमा आइतवार नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले आयोजना गरेको सो रक्तदान कार्यक्रममा ९ महिला र ४० पुरुष गरी जम्मा ४९ जनाले रक्तदान गरेको रेडक्रस उपशाखा सभापती नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र वीरन्जका प्राविधिकहरुको सहयोग रहेको केन्द्रका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

यसअघि भएको रक्तदान कार्यक्रमको उद्धाटन समारोहमा निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरीले रक्तदानको महत्व बारेमा बोल्नुभएको थियो ।

Leave a Reply