बरियारपुर – बाराल्को एतिहासिक एवम धार्मिक स्थल गढीमाईमा श्रद्धालुहरुले चढाएको भेटी ११ लाख ५५ हजार ५८० रुपैया संकलन भएको छ । भेटी ब्यवस्थापन उपसमितिको अध्यक्ष श्रीनारायण महतोको अनुसार श्रद्धालुहरुले गढीमाईमा अर्पण गरेको नगद र जिन्सी गरि सो रकम संकलन भएको बताए ।
गढीमाई मेला मंसिर १ गते देखि लागेको तर भेटी संकलन कार्य मंसिर ११ गते देखि २५ गते सम्म भेटी संकलन गरिएको अध्यक्ष महतोले बताए । बिश्व प्रसिद गढीमाई प्रती ठूलो आस्था र बिश्वास लिइ करोडौं श्रद्धालुहरुले गढीमाईको दर्शन गरेका थिए । भेटी संरक्षणको लागि मन्दिर परिसरमा दान पेटिका राखिएको थियो ।
पंचबर्षिय गढीमाई मेला ब्यवस्थापन मुल समितिको निर्णय बमोजिम भेटी संरक्षणमा खटेको पुजारिहरुको हकमा उठेको रकम बाट ४५ प्रतिशत दिने निर्णय भएको मुल समितिको महासचिव मोतिलाल कुशवाहाले बताउनु भयो । गढीमाईको भेटी संरक्षण बाट मन्दिरको बिकासमा खर्छ गर्ने महासचिव मोतिलाल कुशवाहाले बताउनु भयो ।