सिमरा –  एक दिनकै समान्य वर्षाबाट बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ को जीतपुर बजार हिलाम्य सहर बनेको छ । जील्लाकै मुख्य ब्यापारी नगरीको रुपमा रहेको जीतपुर बजार स्थानिय निकाय र ब्यापारीक मार्ग योजनाका कारण समान्य वर्षामा हिलाम्य सहरको रुपमा परिणत भएको हो । बिहिवारदेखि यस भेगमा मौषममा समान्य बदली भै शुक्रवार बिहानैदखि समान्य खाले वर्षा हुन थालेपछि सरसफाई र सडक निर्माणमा देखिएको लापारवाहिका कारण यो बजार हिलाम्य बनेको यहाँका स्थानिय मोजाहिर अंसारीले बताउनुभएको छ ।

 

 

 

 

 

दशै पहिलेनै पहिलो चरणमा नाला निर्माणको काम सम्पन्न गर्ने सर्तमा निर्माण कार्य शुरु भएको ब्यापारीक मार्गको काम जीतपुरमा सुस्त गतीमा अगाडी बढिरहेको छ । केहि स्थानमा नालाको काम सम्पन्न भएपनि कहि खाल्डो गरेर छाडीएको त कतै आधी सडक खनेर छोडेपछि त्यस स्थानमा वर्षाको पानीका कारण बजारभरी नै हिलै हिलो भएको छ ।

 

 

 

यता बजारको मुख्य सडक बाहेक भित्री सडकहरुमा सरसफाई नभएपनि सकडमै थुप्रीयर रहेको फोहरहरु हिलोमा परिणत भएको हो । जीतपुरको तरकारी बजार जाने बाटो र टेढा रोड मुख्य भित्री सडकको रुपमा रहेको तर यी दुबौको सरसफाईमा वडा कार्यालय सहित नगरपालिका जीमेवारी पुर्ण भुमिका निर्वाह गर्न नसकेको स्थानिय अंसारीको भनाई छ । उहाँले स्थानिय जनप्रतिनिधीले चासो नलिएकै कारण यहाँ जमेको पानीका कारण हिलो भएको आरोप समेत लगाउनुभयो ।

 

 

 

 

हाल बजारको मुख्य तथा भित्री सडकमा हिलो भएपछि ब्यवसायीक रुपमा ब्यापारीहरुलाई मर्कामा परेको जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष संजय साहको भनाई छ । उहाँले समयमा ब्यापारीक मार्ग निर्माण नहुनु र बजार सरसफाई नहुनु दबैको प्रत्यक्ष मारमा ब्यपारी नै परेकोले तत्काल यस समास्याका समाधान गर्न सम्बन्धित निकायसंग माग गर्नुभएको छ ।

 

 

 

 

ब्यापारीक मार्गको लापरवाहिका कारण जीतपुर बजारमा घाम लागेपछि धुलो र वर्षा भएलगतै हिलो हुने गरेकोले ब्यापारीक मार्ग निर्माणको कामलाई तत्काल दुर्त गतीमा अगाडी बढाउन ब्यापारीक मार्ग परियोजनालाई जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष साहले आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here