सिमरा,इशिलालेख डट कमका संचालक एवम् पत्रकार दिवाकर भण्डारी घण्टीमाई सहकारी पत्रकारिता सम्मान २०८१ बाट सम्मानित हुनुभएको छ । घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १२औं वार्षिक साधारणसभा समारोहमा पत्रकार भण्डारी सम्मानित हुनुभएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित घण्टीमाई सहकारीले पाँच हजार नगद राशीसहित यो वर्षको सहकारी पत्रकारिता सम्मान पत्रकार भण्डारीलाई प्रदान गरेको हो । अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्यासिफिक संचालक सदस्य मिनराज कंडेल, संस्थाकी अध्यक्ष कोपिला सिंखडा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, पूर्वउपप्रमुख सरस्वतीदेवी चौधरीलगायतले पत्रकार भण्डारीलाई सम्मान गरेका थिए ।अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको बारा जिल्ला सम्वाददाताको रुपमा १६ वर्षदेखि कार्यरत भण्डारी बाराबाट प्रकाशित इशिालेख डट कम र सूचनालय साप्ताहिकका संचालक हुनुहुन्छ । पत्रकारिताको माध्यमबाट सहकारी र सामाजिक क्षेत्रमा रचनात्मक ढंगले योगदान पुर्याएको उल्लेख गर्दै घण्टीमाईले पत्रकार भण्डारीलाई सम्मान गरेको हो ।

भण्डारी यसअघि हातेमालो सहकारी पत्रकारिता सम्मान, साना किसान सहकारी पत्रकारिता सम्मान, सिमरा महिला सहकारी पत्रकारिता सम्मानबाट सम्मानित भईसकेका छन् ।औराहस्थित देवाश्रम परिसरमा आयोजित साधारण सभामा संस्थाले जेष्ठ शेयर सदस्य, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणीलगायतलाई सम्मान गरेको थियो ।साधारणसभाको उद्घाटन सत्रमा पूर्व प्रदेशसभा सदस्य सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, नगर उपप्रमुख भोलाप्रसाद अधिकारीसहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । संस्थाकी अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव त्रिलोक बिक्रम शाहले गर्नुभएको थियो ।

Leave a Reply