काठमाण्डौ – सङ्घीय संसद्को दुवै सदनको बजेट अधिवेशन आह्वान भएको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।मंगलवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । गएको माघ १८ गते शुरू भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गएको चैत १९ गते अन्त्य गर्नुभएको थियो ।शिक्षकको माग अनुसार विद्यालय शिक्षा ऐन जारी पनि गर्ने लक्ष्यसहित सरकारले बजेट अधिवेशन आह्वानको सिफारिश गरेको हो । मंगलवार मन्त्रिपरिषद् बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलगायत पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो ।

Leave a Reply