बिदुर खडका
डुमरवाना, २६ मंसिर । स्तन क्यानसर, रक्त क्यानसर र मृगौला रोगबाट पिडित बिमारीहरुको लागि देश तथा विदेशबाट सहयोग प्राप्त हुदै आएका छन् । उनीहरुको उपचारको लागि अस्ट्रेलियाको सिडनिमा अध्यानरत स्वदेशी तथा विदेशीहरुबाट सहयोग मिलेका छ् । देश तथा विदेशबाट आएका उपचारको लागि सहयोग रकम विहिबार हस्तान्त्रण गरिएको छ ।

 

 

 

बिरामीहरुको आर्थिक अवस्था कमजोर भएको कारण सहयोग संकलन गर्नु परेको अभियानकर्ताले जानकारी दिए ।बाराको रजघट्टा निवासि सिडनिमा अध्यानरत डोनाल खडकाको पहलमा स्वदेशी तथा विदेशी दाताहरुबाट संकलित रकम डोनाल कि बुबा भरत खडकाले ७७ हजार ६ सय १० को चेक बिरामीलाई हस्तान्त्रण गरेका छन् ।

 

 

 

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ र १५ निवासि स्तन क्यानसरबाट ग्रस्त रहेकी चित्र कुमारी कार्किलाई ५० हजार, मृगौला रोगबाट ग्रस्त रहेकी यसोदा तिमसेनालाई २० हजार तथा रक्त क्यानसर ग्रस्त हरेराम चौधरीलाई ७ हजार ६ सय १० रुपैयाको चेक हस्तान्त्रण विहिबार गरेको हो । बिरामीहरुको भरतपुर क्यान्सर अस्पताल र सुमेरु अस्पताल काठमान्डौमा उपचार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here