कलैया,सामुदाय–प्रहरी साझेदारी कार्याक्रम अन्तरगत बुधवार जिल्ला प्रहरी कार्यालय बारा र राष्िट्रय जागरण प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा कलैयामा ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ नामक चेतनामूलक चलचित्र प्रदर्शन गरिएको छ ।
कलैया वडा नम्बर ७ स्थित श्री दुर्गा नमुना माध्यमिक विद्यालय बरेवा बैरियामा राष्िट्रय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्यायको अध्यक्षतामा भएको सो चलचित्र प्रदर्शनीमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका निमित्ति कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापा, स.प्र.उ.राजेन्द्र थापा, कलैया उपमहानगरपालिका.वडा नम्बर ७ का वडा अध्यक्ष सैफुल्लाह अंसारी, समुदाय–प्रहरी सेवा केन्द्रका अध्यक्ष महमद सगिर, महिला तथा बालबालिका संस्था बाराकी अध्यक्ष श्रीमती बबिता जयसवाल, श्री दुर्गा नमुना माध्यमिक विद्यालयको शिक्षक नरेन्द्रकुमार निधी, स्थानीय सर्वसधारण, जनप्रतिनिधि, भद्रभलादमी, बुद्धिजिवी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी, शिक्षक तथा विद्यार्थीहरू समेत गरी करिव ३२५ जनाको सहभागिता रहेको थियो ।


















