दुष्यन्त चौधरी
कलैया, २६ मंसिर । लाखौं मूल्य बराबरको प्रतिबन्धित कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले विहिबार ५ बजे बिहानको समयमा लाखौं मूल्य बराबरको प्रतिबन्धित कुखुराको चल्ला बरामद गरेको बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

प्रहरीको गस्ती टोलीले बाराको फेटा गाउँपालिका वडा नम्बर ३ फेटा बजार स्थित सडक खण्डमा भारतबाट नेपालतर्फ चोरी निकासी गरीे प्रतिबन्धित कुखुराको चल्ला ल्याई रहेको अवस्थामा प्रहरीले बरामद गरेका थिए । १५ कार्टुनमा एक हजार पाँच सय कुखुराको चल्लाको मूल्य करिब एक लाख २५ हजार पर्ने बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकास राज खनालले बताए ।

प्रहरीको गस्ती टोलीलाई तस्करले हेरेपछि कुखुराको चल्ला बेबारिसे अवस्थामा फाली भागेका थिए । बरामद भएको कुखुराको चल्ला पशु क्वारेन्टाईन चेकपोष्ट मटिअर्वा, कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधी, भद्र भलादमी तथा पत्रकारको रोहवरमा खाल्डोमा पुरी नष्ट गरिएको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक खनालले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here