दुष्यन्त चौधरी
कलैया, २६ मंसिर । बारामा एक उद्योगी व्यपारीको उद्योगमा बम विष्फोट गरी फिरौती रकम लिने चार जनालाई ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी टोलीलाई पक्राउ गरेका छन् । परवानीपुर गाँउपालिका वडा नम्बर ४ स्थित रहेको एमएस इट्टा उद्योगका संचालक मनोज प्रसाद साह तेलीको इट्टा उद्योगमा बम विष्फोट गरी फिरौती रकम दिनु नत्र घर परिवार समेतलाई खतरा हुने छ भनि धम्की दिदै आएका बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

 

 

एमएस इट्टा उद्योगका संचालक तेलीलाई धम्की दिने परवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ३१ वर्षिय प्रमोद साह गोढ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकास राज खनालले बताए । गोढले एमएस इट्टा उद्योगका संचालक तेलीलाई करिब २–३ महिना देखि पटक पटक फोन गरी फिरौती माग गर्दै आएका बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक खनालले जनाए ।

 

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक खनालका अनुसार गोढले एमएस इट्टा उद्योगका संचालक तेलीसँग १५ लाख फिरौती रकम माग गरेको थियो । तर एमएस इट्टा उद्योगका संचालक तेलीले फिरौती रकम दिन अस्वीकार गरेका थिए । एमएस इट्टा उद्योगका संचालक तेलीले फिरौती रकम दिन अस्वीकार गरेपछी मिति २०७६ कार्तिक ४ गते प्रमोद गोढले एमएस इट्टा उद्योगमा बम बिष्फोट गरी फिरौती रकम दिनु नत्र घर परिवार समेतलाई खतरा हुने छ भनि मोवाइलमा एसएमएस ( मैसेज) तथा फोनबाट धम्की दिएका थिए ।

 

 

 

 

एमएस इट्टा उद्योगका संचालक तेलीले ईलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिना साथ प्रहरीको टोली गोढलाई पक्राउ ग¥यो । बुधबार गोढले एमएस इट्टा उद्योगका संचालक तेलीलाई फोन गरी फिरौती रकम तिन लाख लिएर बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ४ स्थित चैनपुर भन्ने स्थानमा आउनु भनेका थिए । सो कुरा प्रहरीलाई थाहा हुनासाथ तत्काल प्रहरी टोली सोही स्थानमा खटी गई फिरौटी रकम माग गरी लिन जाने चार जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक खनालले जानकारी दिए ।

 

 

पक्राउ परेका चारै जना माथी मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम अपराधिक लाभ कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरीरहेको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक खनालले जनाए ।

 

 

 

पक्राउ पर्नेमा परवानिपुर गाँउपालिका वडा नम्बर ४ वस्ने ३१ वर्षिय प्रमोद साह गोढ, सोहि स्थानका २० वर्षिय देव शंकर राम, जीतपुरसिमरा उपमहनगरपालिका वडा नम्बर २० वस्ने २० वर्षिय अच्छेलाल गोसाई तथा फेटा गाँउपालिका वडा नम्बर ३ वस्ने ३९ वर्षिय दिपेन्द्र कुमार धानुक रहेका छन् ।

 

 

 

पक्राउ परेका गोढ पहिला पनि विभिन्न अपराधिक घटनामा संलग्न गरेको बुझिएको छ । गोढलाई मिति २०७३ चैत्र २८ गते पर्साको बिरगंज उपमहानगरपालिका वडा नम्बर ८ स्थित सडकबाट पर्साको प्रहरी टोलीले अवैध घरेलु नलकटुवा बन्दुक थान १ र ३ राउण्ड गोली सहित पक्राउ गरी हातहतियार खरखजना मुद्दामा मुद्दा चलाएको छन् ।
त्यसैगरी प्रसौनी गाउँपालिका वडा नम्बर ४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोवाईलबाट धम्की दिई ५० लाख रुपैया फिरौती माग गरेको र फिरौती रकम नदिए पश्चात मिति २०७६।०६।१० गते रातको समयमा सुतली बम विष्फोटन गराएको बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

 

 

 

साथै बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ स्थित रहेको नारायणी आयल रिफाइनरीमा समेत धम्की दिई फिरौती रकम माग गरेको र रकम नदिए पश्चात मिति २०७६ असोज २ गते सुतली बम विष्फोटन गराएको थियो । विष्फोटन गरेपछि रिफाइनरीबाट २५ हजार फिरौती रकम लिएको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक खनालले सुनाए । पक्राउ परेका प्रमोद साह गोढले फिरौती रकम माग गर्न फरक फरक सिम प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here