सिकिन्द्र साह
सिम्रौनगढ,बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बैनौली निवासी कृष्णाप्रसाद यादवले आईएमई पेमार्फत एक लाख रूपैयाँ जित्नु भएको छ ।रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आईएमई गरौँ, करोडपति बनौँ ।’ योजना सार्वजनिक गरेको थियो ।उक्त योजना अन्तर्गत यादवले एक लाख रूपैयाँ जित्नु भएको हो ।मलेसियामा वैदेशिक रोजगारीमा रहनुभएका लालबाबुप्रसाद यादवले कार्तिक महिनामा एक लाख २७ हजार ४१ रूपैयाँ आईएमई पेमार्फत पठाउनु भएको थियो । उक्त रकम निकाल्दा यादवका भाइले एक लाख रूपैयाँ जित्नु भएको हो ।आईएमई पेका मधेस प्रदेश इन्चार्ज अशोककुमार यादवले कलैयामा एक कार्यक्रम बीच उहाँलाई सम्मान सहित रकम हस्तान्तरण गर्नु भएको छ । सम्मान कार्यक्रममा यादवले आईएमई पेले मुलुकको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको दाबी गर्नुभयो । देशको अर्थतन्त्र बिगार्न हुण्डी कारोबारीले पनि विभिन्न अनलाइन सन्जाल खडा गरि ठगी गरिरहेको अवस्थामा रहेको बताउदै उहाँले रेमिटेन्समार्फत मात्र पैसा पठाएर ब्याजको लाभ लिन सकिने र देशको विकासमा योग्दान गर्न सकिने पनि बताउनुभयो ।


















