काठमाडौं,सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिहीवार (आज) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मङ्गलवार एक सूचना निकालेर यसबारेमा जानकारी दिएको हो ।बिहीवार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । नेम्वाङको गए राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो ।