बारा । बाराको कोल्हवी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
नगरपालिकाको मेयरमा रामप्रासद चौधरी र उपमेयरमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएका हुन् ।कांग्रेस उम्मेदवार रामप्रसादले निकटतम् प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७ सय बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।चौधरीले ९ हजार १०५ मत ल्याउँदा एमालेका भण्डारीले ८ हजार ३०७ मत मात्र पाए ।यस्तै नगरको उपमेयरमा एमालेकी उम्मेदवार सुइना थरुनीलाई ६ सय बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मी कुमारी चौधरीले जितेकी हुन्। लक्ष्मीले ९ हजार ८८ मत ल्याउँदा एमालेकी सुइनाले ८ हजार ४८३ मत मात्र पाइन् ।यसअघि ०७४ सालमा कोल्हबी नगरको मेयरमा भरत बहादुर भण्डारी र उपमेयरमा सुइना थरुनी निर्वाचितभएकी थिइन् ।