बिदुर खडका
डुमरवाना,जीतपुरसिमराको डुमरवानास्थित दुग्ध उत्पादन सहकारी संस्थाले पशुपालक किसानहरुको लागि वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता तालिम संञ्चालन गरेको छ ।कृषि बिकास बैक सिमराको सहयोगमा संस्थाका पशुपालक किसानहरुलाई भिटा कार्यक्रम अन्तर्गत तालिमा संञ्चालन गरेको सहकारी संस्थाका प्रबन्धक संन्तोष भुजेलले जानकारी दिनुभयो । सहकारी संस्थाले महेन्द्रनगर र डुमरवाना क्षेत्रका पशुपालक किसानहरुलाई छुटाछुटै तालिममा संञ्चालन गरेको भुजेलले जानकारी दिनुभयो ।तालिमबाट प्राप्त गरेको ज्ञान किसानहरुले व्यवहारमा उतार्नसके उपलब्धिमूलक हुने तालिममा सहभागी किसानहरुको भनाई छ ।



















