सिमरा,अमलेखगंज प्रहरीले लागु औषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले २ किलो ५०० ग्राम लागू औषध अफिम जस्तो पदार्थसहित २ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोटसाईकल चालक चितवन कालिका नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ५० को संचलाल वाईवा र सोही मोटसाईकलको पछाडि सवार मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ४८ क हिरालाल वाईवा रहेका छन् ।

हेटौंडाबाट वीरञ्जतर्फ जादै गरेको प्र.३–०३–००२ प ८११ नम्बरको १२५ सीसीको बजाज कम्पनीको डिस्कभर मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अम्लेखगञ्जमा रोकेर चेक जाँच गर्दा सिटमुनी लुकाएर लगिरहेको अवस्थामा २ किलो ५०० ग्राम लागु औषध अफिम जस्तो पदार्थसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply