कृपा संवाददाता
हेटौंडा , १४ मंसिर । प्रदेश नम्बर–३ सरकारले जिल्ला अस्पतालहरुको सुदृढिकरण अभियानको काम सुरु गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश अन्तरगतका आठ वटा जिल्ला अस्पतालमा सवै खालका सुधार ल्याउनका लागि काम गर्न लागेको हो ।

 

प्रदेशका अस्पतालमा औजार, उपकरण, भवन मर्मत, अन्यावस्यक जनसक्तिा राख्नका लागि सहयोग गर्ने प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले वताउनुभयो । चालु आर्थिक वर्षको दोस्रो र तेस्रो चौमासिकमा यो काम गरिने मन्त्री दुलालले वताउनुभयो ।

 

प्रदेश सरकारले रसुवा, रामेछाप, सिन्धुपाल्चोक, त्रिसुली, धादिङ, भक्तपुर, सिंधुलीका जिल्ला अस्पताल र मकवानपुरको हेटौंडा अस्पताललाई सुदृढिकरण गर्न लागेको हो । सवै अस्पतालका लागि वजेट समेत छुट्याएर काम गर्न लागिएको उहाँले जानकराी दिनुभयो । जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउन अनुदान, अत्यावस्यक जनसक्ति पदपुर्ति गर्ने लगायतका क्षेत्रमा खर्च गर्न लागेको छ ।

Leave a Reply