बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकाको वडा नम्बर ३ स्थित टासीधार्गेलीङ बौद्ध गुम्बा व्यवस्थित सार्वजनिक शौचालय निर्माण हुने भएको छ । गुम्बा स्थापना भएको ४० वर्षपछि पहिलो पटक शौचालय निर्माण हुन लागेको हो ।मधेश प्रदेश सरकारको उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० को विनियोजित २४ लाख ६३ हजार ३५३ रुपैयाँ बजेटबाट सुविधा सम्पन्न सार्वजनिक शौचालयन निर्माण हुन लागेको हो । शौचालयमा ९ वटा कोठा रहने टासीधार्गेलीङ बौद्ध गुम्बा व्यवस्थापन समितिका सचिव बुद्धसिंह लामाले जानकारी दिनुभयो ।स्थल भएर पनि यसअघि शौचालय नहँुदा भक्तजनहरुले समस्या बेहोर्दै आएका थिए । शौचालय अभावमा गुम्बामा लाग्ने मेला भर्न आउने श्रद्धालुहरुले समस्या बेहोर्दै आएका थिए । गुम्बामा हरेक वर्ष कार्तिक पुर्णिमा र चैत पुर्णिमामा रात्री मेला लाग्ने गरेको छ ।गुम्बा व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएसँगै प्रदेश सरकारको सहयोगमा सार्वजानिक शौचालय निर्माण हुन लागेको हो । सार्वजनिक शौचालयको साथै गुम्बा टोलमा ५ सय मिटरको पीपीसी ढलानको पक्की सडक समेत निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट सडक ढलान गरिने र आगामी आसर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी कामअघि बढाइएको बताइएको छ ।केहि दिनअघि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वडा नम्बर ३ को भ्रमण गर्ने क्रममा गुम्बामा व्यवस्थित शौचालय निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
















