कृपा संवाददाता
निजगढ, ३० कार्तिक । निजगढ नगरपालिका–१० लालस्थित परोपकारि संस्था हाम्रो मामाघरलाई आयरल्यान्डकी महिला जोश म्याक नेलले कपडा सिलाउने मेसिन १ थान, पेन्सिल १ बट्टा, डटपेन १ पाकेट र चकलेट २ पाकेट सहयोग गर्नुभएको छ।
उहाले ३५ जना स्थानिय महिलाहरुलाइ रजस्वला हुदा लगाउने घरेलु प्याड बनाउने प्रशिक्षण पनि दिनुभएको थियो । गत वर्ष पनि संस्थामै आएर उहाले बालबालिकाहरुलाई कपडा, पानी छान्ने फिल्टर प्रदान गर्नुका साथै स्थानीय महिलाहरुलाई सरसफाइ सम्बन्धि तालिम पनि दिनुभएको थियो ।
अभिभावक र संरक्षक नभएका बालबालिकाहरुलाइ संरक्षण र निःशुल्क शिक्षा सहित गाँस, बास प्रदान गर्दै आएको परोपकारी संस्था हाम्रो मामाघरलाई देश विदेशका विभिन्न सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन ।