बीरगञ्ज ३१ असोज ।
पर्सा क्षेत्र नम्बर १ मा एमाले जसपाको गठबन्धनले चुनावी प्रचार प्रसार तिब्रता दिएको छ । घर दैलो पुगेर दुबै दलका नेता कार्यकर्ता आफ्नो गठबन्धनको पक्षमा मतदाताहरुलाई आग्रह गरेका छन् । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा जसपाका उम्मेदवार पूर्बमन्त्री प्रदीप यादव र १ को (क) मा प्रदेशसभा सदस्यको उम्मेदवार एमालेका विचारी यादव रहेका छन् । दुबै उम्मेदवारले क्षेत्र नं. १ को बीरगञ्ज महानगरपालिकाको उत्तरी भेगमा रहेका विभिन्न वडाहरुमा रोड शो समेत गरेकको हाम्रो श्रोतले जनाएको छ ।

\
पूर्व मन्त्री यादवको नेतृत्वमा वीरगन्ज महानगरपालिका वडा नम्बर १८ , २० , २२ र २३ मा रोड शो गरिएको हो । भवानीपुरबाट शुरु भएको उक्त रोड शो सौराहा, इनरवा, हरपतगंज, अपौनी, मनियारी, जगरनाथपुर , सबैठवा हुदै प्रसौनीमा पुगेर समापन भएको थियो ।

एमोलका प्रदेशसभा सदस्य १ (क) का उम्मेदवार विचारी यादवको पनि सहभागीता रहेको उक्त रोड शो को क्रममा स्थानीय मतदाताले दुवै उम्मेदवारलाई भव्य स्वागत गरेका थिए । मतदाताहरुले दुवै उम्मेदवार यस क्षेत्रको विकास र समृद्धिका लागि निरन्तर लागिपरेकाले यसपालि दुवै उम्मेदवारको जित सुनिश्चित भएको प्रतिक्रिया समेत सुनाएका थिए ।

रोड शोका क्रममा स्थानीय मतदातासंग कुरा गर्दै जसपाबाट प्रतिनिधीसभाका उम्मेदवार एंव पूर्वमन्त्री प्रदीप यादवले मंसिर ४ को निर्वाचनमा जसपा—एमाले गठबन्धनका उम्मेदवारलाई भारी संख्यामा मतदान गर्न आग्रह समेत गरेका थिए । यसैगरी पर्सामा नेकपा एमाले(जसपा गठबन्धनले चुनावी गतिविधिलाई तिब्र पार्दै आएका छन् ।

सोही क्रममा पर्सा क्षेत्र नम्बर ३ बिन्दवासिनी गाउँपालिका र पकहाँमैनपुर गाउँपालिकामा आगामी निर्वाचनमा नेकपा एमाले(जसपा गठबन्धलाई विजय गराउन दुई दलबिच छलफल भएको छ । देशमा स्थायित्व, शान्ति, अमनचयन कायम गर्ने र आफ्ना गाउँ ठाउँको विकास गर्ने उदेश्यका साथ गठबन्धनलाई विजय गराउन आवश्यकता रहेको वक्ताहरुले जोड दिएका छन् ।

छलफलमा एमाले जसपा गठबन्धनमा आबद्ध नेताहरुले मंसीर ४ गतेको निर्वाचनमा हर्ष तथा ईमानदारीपूर्वक गठबन्धनका उम्मेदवारहरुलाई मत हाल्ने र यो गठबन्धनमा कहि कतैबाट विश्वासघात नहुनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । कार्यक्रममा एमाले र जसपा नेता कार्यकर्ताहरु उलेख्य रुपमा सहभगिता रहेको थियो ।

Leave a Reply