कृपा संवाददाता
निजगढ, ३० कार्तिक । निजगढ नगरपालिका ७ स्थित जनजनहित सामुदायिक वन उपभोक्ता समुहको शनिवार भएको ९ औँ वार्षिक साधरणसभाले चन्दीका मगरको अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा टेकबहादुर लामा, सचिवमा नारायणबहादुर श्रेष्ठ, सहसचिवमा चन्द्रप्रसाद न्यौपाने, कोषाध्यक्षमा नेत्रकुमारी थापा चयन हुनुभएको छ ।

 

त्यसैगरी सदस्यहरुमा गोरखबहादुर थापा, रामबहादुर माझी, कृष्णकुमार बस्नेत, लक्ष्मण गौतम, ज्योति माया रुम्बा, फुलमाया लामा, कालिका देवी कुवर, सिता दुम्सीङ्ग मगर, विभामाया राना, राजुबहादुर श्रेष्ठ, रिमबहादुर राना र रुक्मणी सिग्देल रहनुभएको छ । निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अध्यक्ष मगरले समितिको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

 

नेत्रोदय माविको प्राèणमा भएको सो कार्यक्रममा गौरीशंकर क्याम्पस निजगढका क्याम्पस प्रमख रामप्रसाद गौतम, सब डिभिजन वन कार्यालयका अधिकृत रघुनाथ दास, निजगढ नगरपलिका वडा नम्बर ७ का वडा सदस्य रामबहादुर माझी, वन समितिका पुर्व अध्यक्ष बासुदेव तिमल्सिना, नेपाली काग्रेशका महेशी कुवर, राप्रपाका प्रतिनिधि मानबहादुर सापकोटा, पत्रकार जितलाल श्रेष्ठ, नवराज चौलागाई र रेडियो निजगढकी सुमित्रा लामा लगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply