बारा
१० फागुन २०७७
बाराको जितपुर स्थीत एक उद्योगमा गएरातीबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जीतपुरसिमरा उपमहानगरपालिका ९ मा रहेको आरती सोप एण्ड भेजिटेबल (तेल)उधोगमा आगलागी भएको हो । आईबार साँझ करिब ७ बजेबाट आगो लागेको उद्योगमा हाल सम्म पनि नियन्त्रण लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन अझ केही समय लाग्ने बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।
विरगंज महानगरपालिका सहित विरगंजका ३ वटा, हेटैडा महानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगन्ज लगाएत बारा र पर्साका गरी करिब ८ वटा वारुणयन्त्रको सहयोगमा आगोलागीलाई नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र साहीको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी लगाएको टोलिले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको स्थानिय संचारकर्मी अनिल तिवारीले जानकारी दिए ।
उद्योगपति श्याम मुलैयाले संचालन गरेको उधोगले तेल तथा साबुन उत्पादन गर्दै आएको छ । तेल उत्पादन गर्ने तर्फको कच्चा पदार्थ भण्डारण गृहमा आगलागी भैरहेको सन्चालकले बताएका छन् ।
आगलागीबाट करोडौंको क्षेती भएको अनुमान गरिको भएपनि वास्तविक विवरण आउन समय लाग्ने प्रहरी प्रमुख उपरिक्षक शाहीले बताए ।
फोटोमा ः उद्योगमा भैरहेको आगलागी ।