कलैया,ग्रामीण उत्थान अभियान बाराले जिल्लाको विभिन्न पालिकामा मतदाता शिक्षा दिने उदेश्यले सडक नाटक प्रदर्शन थालेको छ ।

संस्थाले कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका तथा बारागढी गाउपालिकामा घरदैलो सहित सडक नाटक कार्यक्रम प्रदर्शन गरिरहेको संस्थाका अध्यक्ष मुकद्दम अन्सारीले बताउनुभयो ।

अन्सारीले कार्यक्रमको मुख्य उद्देश्य भनेको नै स्थानीय तह निर्वाचन २०७९ मा मतदातालाई कुनै किसिमको डर त्रास, लोभ लालचमा नपरी दक्ष तथा योग्य उम्मेदवारलाई मत प्रदान गर्नु रहेको जनाएका छन । यसको लागि संस्थाले पालिका अनुसारको बसोबास रहेका स्थानीय भाषामा नाटक प्रदर्शन गरिरहेको जनाएको छ ।

हालसम्म १७३० जना समक्ष यो सूचना पुर्याइसकिएको संस्थाले जनाएको छ । टेवा धापाखेल ललितपुरको सहयोग तथा ग्रामिण उत्थान अभियानको आयोजनामा मतदाता शिक्षा अन्तरगत यो कार्यक्रम चलिरहेको हो । निर्वाचन आयोगले यसपालि मतदाता शिक्षामा अत्यन्तै कन्जुस्याइँ गरेको बेला यो संस्थाले थालेको अभियानले स्थानीय र नितान्त अशिक्षित र पछाडि पारिएका समुदायका लागि फलदायी हुने बारा नागरिक समाजका अध्यक्ष उमेश लाल दासले बताउनुभएको छ ।

Leave a Reply