बालबालिकाहरु भनेको स्वभावले नै अलि हठी पाराका हुन्छन् । यसो हुनुमा उनीहरुको कुनै दोष पनि होइन किनभने त्यो उनीहरुको उमेरले गर्दा पनि त्यस्तो भएको हो ।बालबालिकाहरुले अभिभावकहरुसंग यदि आफूले भनेको वा मागेको कुरा पाएनन भने घुर्की लगाउने गर्दछन् । एउटा निश्चित उमेर पारगरेपछि भने त्यस्तो स्वभाव स्वतः अन्त्य हुन्छ र हुनु पनि पर्दछ । तर, यहाँ त एक जिम्मेवार पदमा रहेका व्यक्तिले देखाएको हठ भने अच्चम लाग्ने खालको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शनिवार बेलुका लेखेको एउटा स्टाटसले व्यपकता पायो । उहाँले आफ्नी धर्मपत्नीलाई उपचारका लागि लैजाने क्रममा ट्राफिक प्रहरीले अनावश्यक चेकजाँच गरेको र सरकारले दुःख दिएको भन्दै निकै तल्लोस्तरको शब्द प्रयोग गरेर सरकारलाई गाली गर्नु भएको छ । साह, काठमाडौं महानगरपालिकाको मेयर हुनुहुन्छ तर उहाँ निश्चय नै नेपालको अहिलेको संबिधानले कसैलाई पनि संबिधानभन्दा माथि राखेको छैन र यस्तो कल्पना पनि गरेको छैन ।देशको नियम कानुन सबैलाई लाग्छ नै । काठमाडौंका मेयरलाई पनि लाग्छ नै । बालेन साहकी पत्नी बिरामी भए भइन होला तर त्यसको पनि त विधि हुन्छ । चेकजाँचमा रहेको प्रहरीलाई पदको दुरुपयोग गरेर जथाभावी थर्काउने अधिकार बालेनलाई नेपालको कानुनले दिँदैन । प्रहरीको काम त चेकजाँच गर्ने हो ।बालेनले अलि बढी यो विषयमा बहादुरी देखाएकै देखिन्छ र उहाँले पदको पनि घमण्ड गरेकाले यस्तो हर्कतले अन्ततः बालेनको छविमा ठूलो दाग लाग्ने निश्चित छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here