कोल्हबी,बारा जिल्ला फुटबल संघ कलैया बाराको आयोजना तथा जनशक्ति क्लब कोल्हबीको सहआयोजनामा जिल्ला फुटबल ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ को शनिवार भएको उद्घाटन खेलमा नव जनजागृती युव क्लब, निजगढले बकुलिया बारालाई २-१ गोल अन्तरले हराएको छ ।
मध्यान्तरअघि पाएको पेनाल्टीको सदुपयोग गर्दै अग्रता बनाएको जनजागृति निजगढले मध्यान्तरपछि दोस्रो गोल गरेर जित हात पारेको हो ।यसअघि कार्यक्रमका प्रमुख अतिथि कोल्हबी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बत्ति बालेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले कोल्हबी नगरपालिकामा जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता आयोजना गरेकोमा आयोजक जिल्ला फुटबल संघ कलैया बारालाई धन्यवाद दिनुभएको थियो । उहाँले प्रतियोगिता सफल पार्नको लागि कोल्हबी नगरपालिकाले सहयोग गरेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरी, मधेस प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भु सिंह ठकुरी, कोल्हबी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक किसन बस्नेत, सशस्त्र प्रहरी बल कोल्हबीका प्रमुख कृष्णबिक्रम बानियाँ, सपही कलेजका अध्यक्ष ढुण्डी राज उप्रेती, थारु कल्याणकारी संस्था कोल्हबी नगर कमिटीका सभापति रामनाथ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी कोल्हबी नगर कमिटी अध्यक्ष हरिचन्द्र पनुहर, नागरिक उन्मुक्ति पार्टी कोल्हबी नगर कमिटीका अध्यक्ष जयप्रकाश चौधरी, तामागढी हस्पिटल कोल्हबीका प्रशासन प्रमुख रामकुमार उप्रेती, समाजसेवी प्रेमनारायण चौधरी, भुवन चौधरी, कोल्हबी नगरपालिका वडा नम्बर ७ का पूर्ववडा अध्यक्ष बिरेन्द्र चौधरी, किशोरी चौधरी लगायतको उपस्थिति रहेको थियोे ।जिल्ला फुटबल संघ बाराका अध्यक्ष रामचन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जनशक्ति क्लबका कोषाध्यक्ष रामदयाल चौधरीले राख्नुभएको थियोे भने कार्यक्रमको संचालन धिरेन्द्र पनुहर र बिनिता चौधरीले गरेका थिए ।



















