राष्ट्रिय सभाको निर्वाचन नजिकिदै गर्दा नेपालका प्रमुख राजनीतिक दलहरुका बीचमा भागबण्डा हुन लागेको कुरा सार्वजनिक भइरहेको छ । नेपाली काँग्रेस, एमाले र माओवादीकाबीचमा पदका लागि मात्रै गठबन्धन हुन लागेको कुरा बाहिर आएको छ ।पद नै सबै थोक ठान्ने नेपाली नेताको प्रवृत्तिको लागि यो कुरा नौलो नभए पनि जनतालाई भने पदका लागिभन्दा पनि देशका लागि आवश्यक कुरामा चंैं गठबन्धन गरिदिए हुने थियो भन्ने लागेको छ ।मुलत ः देशमा देखिएको आर्थिक मन्दी, सशस्त्र संघर्षका विषयहरुको व्यवस्थापन लगायतका विषयमा दलहरुमा खासै चासो देखिदैन बरु उनीहरु झट्ट हेर्दा एक अर्कालाई हिलो छ्याप्ने काममा पो व्यस्त देखिन्छन । तर, शीर्ष भनिएका दल र तिनका नेताको आचरण र व्यवहारमा केही फरक छैन र यिनीहरु जनतालाई झुक्काउन मात्रै आरोपप्रत्यारोपमा उत्रन्छन् भन्ने कुरा बुझ्न पनि धेरै कठिन छैन ।जतालाई नेताहरुले अझै पनि रैति नै ठानेका छन् । माओवादीले संचालन गरेको सशस्त्र संघर्षको विषय टुंगो लगाउन अति आवश्यक छ । तर यो विषयमा पटक पटक दलहरुमा सहमति भएन भनिन्छ अनि राष्ट्रिय सभाको निर्वाचनका लागि चंैं दलहरुमा यत्ति छिटो कसरी सहमति हुन्छ ? पदका लागि जे पनि र जता पनि जतिबेला पनि जोसंग पनि सहमति गर्ने अनि आम नागरिक र देशको मुद्दामा चैं किन शीर्ष दल र नेताहरुको सहमति नहुने ?














