हेटौडा,हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवारी दिनुभएकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा विजयी हुनुभएको छ ।

बागमती प्रदेश कै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडामा लामा पहिलो महिला मेयर बन्नुभएको हो । कुल ७३ हजार ४१४ भोट खसेको हेटौंडामा लामाले २३ हजार ७५ मत पाउदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपकबहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गर्नुभयो ।

्नेकपा एमालेले निरन्तर जित हासिल गर्दै आएको हेटौंडामा मेयर जित्नका लागि लामालाई त्यति सहज देखिएको थिएन । एमालेको लालकिल्ला रहेको हेटौंडामा पाँच दलीय सत्ता गठबन्धनबाट लामाले उम्मेदवारी दिनुभएको थियो । लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा विजयी हुनुभएको थियो ।

नेकपा एमालेको विभाजनपछि लामा नेकपा एसबाट सक्रिय राजनीतिमा लाग्नुभएको थियो । एक कार्यकाल उपमेयर भएर काम गर्नुभएको लामा जिल्लाको पहिलो मेयर भएर इतिहास रच्नुभएको हो ।

त्यसैगरी गठबन्धन कै तर्फबाट उपमेयरका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका राजेश बानियाँले ठूलो मतान्तरले विजय हासिल गरेका छन् । बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक÷एक वडामा विजय हासिल गरेको हो । एमालेले हेटौंडाको वडा नं.४, ५, १०, ११, १३, १४, १५, १८ र १९ जितेको हो भने कांग्रेसले १, २, ३, ६, ७, ८, १६ र १७ नं.वडा, नेकपा एसले ९ नं.वडा र माओवादी केन्द्रले १२ नं.वडामा विजय हासिल गरेको हो ।

एमालेबाट हेटौंडा ४ मा नविन सिग्देल( २११२, ५ मा सुशील घिमिरे (२५३०, १० मा फुर्वादोर्जे तामाङ (९७२, ११ मा जुना दाहाल ९१५१४०, १३ मा पेम्बा लामा ( १३१५, १४ मा दिपक खड्का (१७८२, १५ मा सुनिल मोक्तान (२४९१, १८ मा अनिल कुमार बानियाँ (१८९८ र १९ मा नरनाथ सुवेदी १४२३ मत सहित विजयी हुनुभएको हो ।

यस्तै, कांग्रेसबाट वडा नं.१ मा सविन न्यौपाने (१४६७, २ मा विष्णुगोपाल महर्जन(१२५८, ३ मा ढलकबहादुर थापा(१५८४, ६ मा बिष्णुबहादुर दाहाल (११८१, ७ मा दामोदर गौतम (१४९०, ८ मा राम थापा २२१३, १६ मा रामकृष्ण कोइराला(२४३८ र १७ उद्धव सत्याल ( १३१४ मत सहित हुनुभएको छ ।

नेकपा एसबाट हेटौंडा ९ मा सुकराम केसी(२३४५ र माओवादीबाट हेटौंडा १२ मा ललितबहादुर घलान (१३७१ मत सहिँत विजयी हुँुभएको छ । २०७४ सालमा निर्वाचनमा एमालेले १२ वटा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले ५ र माओवादीले २ वटा वडा जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here