नरेश गुप्ता

बरियारपुर,बाराको बारागढी गाउँपालिकामा मंगलवार एकै दिन तीन ओटा कार्यालय भवनको उद्धाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारूले नागरिक आरोग्य सेवा केन्द्र, बर्थिङ सेन्टर र खानेपानी परीक्षण केन्द्रको उद्धाटन गर्नुभएको हो । अध्यक्ष थारुले रिबन काटेर कार्यालयको उद्धाटन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर पुनिता केशरी, बर्थिङ सेन्टर बारागढी खोपवाको संयोजक विनयभुषण चौधरी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश चौधरी, प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष कृष्णप्रसाद चौधरी, वडा नम्बर ४ को वडा सदस्य धर्मेन्द्र चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वडा नम्बर ३ का वडा अध्यक्ष छठु राउत अहिरको अध्यक्षतामा भएको सो भवन उद्धाटन कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष मनेजर चौधरी लगायत गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू, कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका लेखा अधिकृत अजय चौधरीले गर्नुभएको थियो ।

Leave a Reply