प्रत्येक पाँच पाँच बर्षमा बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा मेला लाग्ने गर्दछ। यस पटक पनि बिगत पाँच बर्षपछि पहिलो पटक मेला लाग्दैछ ।
गढीमाई मेला दक्षिण एसियाकै हिसावले महत्वपूर्ण मान्ने गरिन्छ । गढीमाईमा चढ्ने पशु बलीका कारण पनि यो महत्वपूर्ण मेलाको रुपमा स्थापित हुदै आइरहेको छ। गढीमाई मेलालाई सभ्य,भब्य बनाउनु सबै जिल्लावासीको दायित्व र कर्तब्य हो ।
केही समय अगाडि गढीमाई मन्दिरमा लाग्ने मेलाका बिषयमा बिभिन्न टिप्पणीहरु भएको पाइन्थ्यो ।थुप्रै समितिहरु रहेको र उनीहरु आसपमा विवादित रहेको कुराले जिल्लावासीलाई खल्लो बनाएको थियो ।
वास्तवमा बाराको मात्रै नभइ नेपालकै गौरवसँग जोडिएको गढीमाई मेलाका बिषयमा समिति बनाएर विवाद उत्पन्न गराउनु राम्रो कुरा होइन ।
अब यो विवाद टुंगिएको छ। बाराको गढीमाईमा देखिएको समस्या समधान भएको छ । सबै समितिहरुकाबीचमा सहमति भएको छ ।
जसले बाराको गढीमाई मन्दिरमा लाग्ने मेलालाई सभ्य र भब्य बनाउनका लागि सघाउने छ । यो जिल्लावासीको पनि इज्यतको कुरा भएकाले गढीमाई मन्दिर सभ्य बनाउनुपर्छ सबै समितिहरुकाबीचमा भएको सहमतिले यही सन्देश दिएको आभास भएको छ ।