रौतहट ११ असोज । युवाको मन मस्तिकमा बसेका युवा देबेन्द्र अधिकारीलाई प्रदेश सभा (क) बाट सदस्य पदमा उम्मेदवार भई विजयी हेर्न गौरका युवाहरुले चाहेका छन् ।
सरकारी कर्मचारीको रुपमा कार्य गर्दै आएका अधिकारीलाई राजनीतिकमा आउन दबाव दिदै गौरका युवाहरुले प्रतिनिधी सभाको उम्मेदवार भई चुनाव लड्न आग्रह समेत गरेका हुन् ।
गौरमा मंगलवार आयोजित एक कार्यक्रममा युवाहरुले अधिकारीलाई उम्मेदवारी घोषणा गर्न आग्रह गर्दे आफ्नै खर्चमा मतदाताहरुको घर दैलोमा जाने र निर्वाचन सम्बन्धि हुने सम्पूर्ण खर्च व्यहोर्ने समेत प्रतिबद्धता जनाएका थिए । जनताको लागि हरपल तयार हुने अधिकारी जनताको मन मुटुमा बस्ने एकमात्र युवा रहेका छन् ।
अधिकारी जस्तो व्यक्ति राजनीतिमा आए क्षेत्र र देशको विकास हुने बताउंदै स्थानीय युवा सञ्जय सहनीले भने जनताको मुहारमा परिवर्तन र क्षेत्रको विकासमा दिनरात मिहनेत गर्ने छन् । गाउं घरमा समान्य वादविवाद होस् वा गरिब निमुखा जनताको समस्या हालसम्म आफ्नै खर्चमा सहयोग गर्दै आएका अधिकारीलाई राजनीतिमा आउन दवाव दिईरहेको स्थानीय युवा सहनीको भनाई थियो ।
गरिबको आंखामा आंशु नदेख्ने युवा अधिकारीलाई राजनीति क्षेत्रमा लाग्न आग्रह गर्दे अर्का गौरका युवा चन्दन कुशवाहाले भने महिला, पुरुष होस वा बालबालिका उनीहरुको उत्थानका लागि सदैव तयारी अवस्थामा बस्दै आएका छन् ।
आफुले होस् सम्हाले देखिनै स्थानीय बासिन्दाहरुको पीडा सहन नगर्ने बानि भएकोले पनि साथिभाईको चाहनानकार्न नसकिने बताउंदै देबेन्द्र अधिकारीले समय अनुसार राजनीतिमा प्रवेश गरी चुनाव लड्ने बताउनुभयो ।


















