काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ ।

सेवाग्राहीबाट गुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार कार्यालय परिसरबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर बिष्ट र स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल रहेका छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको शंखमूल बस्ने ५७ वर्षीय स्वयम्कृष्ण निरौला पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर थापाले जानकारी दिए ।

Leave a Reply