कलैया – नेपाल कम्युनिष्ट पार्टी बाराले एक कार्यक्रमको आयोजना गरि अनेरास्ववियुका संयोजक र सहसंयोजकलाई सम्मान गरेको छ । नेकपाको पार्टी कार्यलय कलैयामा भव्य कार्यक्रमको आयोजना गरि अनेरास्ववियुका संयोजक र सहसंयोजकलाई सम्मान गरिएको हो ।
गत पुस २७ र २८ गते काठमान्डौ केन्द्रिय कार्यलयमा सम्पन्न भएको बैठकबाट बाराका संयोजक पदमा राजेस्वर कुशवाहा र सहसंयोजकमा भैयाराम सहनीले जिम्मेवारी पाएका थिए । नेकपा जिल्ला कार्यसमिति सदस्य युवा नेता मुकेश साहको नेतृत्वमा नवनिर्वाचित पदधिकारीलाई फुलमाला दोस्साला ओढाई सम्मान गरिएको थियो । सम्मान गर्दै युवा पिढिलाई ससानो सम्मानबाट मनोवल बढने भएकोले सम्मान गरिएको युवा नेता साहले बताए ।
नेकपा पार्टीका जिल्ला कमिटी सदस्य अध्यान्द पान्डे, मुकेश साह, रमेश साह, पुरुषोतम साह, महम्मद राय, राज खान, रमोद यादव, ब्रहमहदेव कुशवाहा, ललु मंसुर, अजित कर्ण, समसुल मंसुर लगाएत नेकपाका नेता कार्यकताहरुको बाक्लो सहभागिता रहेको थियो ।