नेपाल बार एसोसिएनको अघिल्लो हप्ता सम्पन्न भएको निर्वाचनको मत परिणााम सार्वजनिक भएको छ । अन्तिम नजिता शुक्रबार आएको छ र जुन परिणामले बारमा एमाले निकट कानुन व्यवसायीहरु नराम्ररी पराजित भएका छन् । यसको सिधा असर आसन्न स्थानीय तहको चुनावमा नपरे पनि बारको चुनावले केही न केही संकेत र सन्देश भने दिएको छ ।
हुनत सत्तारुढ दलहरुको यो चुनावमा पनि गठबन्धन भएको थियो । गठबन्धन भएपछि विजयी हुनु स्वभाविक पनि होला तर गठबन्धन गरेको समूह र अर्को समूहको मत अन्तर निकै फरक छ । महासचिव पदकै कुरा गर्ने हो भने पनि धेरै मतको अन्तर देखिन्छ । यस अर्थमा पनि बारको चुनावले आसन्न चुनावलाई असर गर्नेछ ।
राजनीतिमा सबै कुरा जयाज हुन्छन् । एमालेले आफू गठबन्धन गरेर चुनाव पराजय भएपनि आफू बलियो भएको देखाउन चाहान्छ । अन्य दल विजयी हुन चाहन्छन् । जनताले कस्तो सबक सिकाउछन् भन्ने कुरा छ चुनावी परिणामले देखाउला तर संकेत बारको चुनावले केही न केही चाही पक्कै गरेको छ ।