निजगढ,सहिद मुखलाल स्मृति प्रतिष्ठानका सचिव गोकल घोरसाइनेलाई प्रतिष्ठानहरुको संयोजन गर्न नेकपा एमालेले गठन गरेको संयन्त्रको सदस्यमा मनोनित गरिएको छ ।नेकपा एमाले सचिवालय कमिटीको गत साउन १७ गते सम्पन्न बैठकले कृपा दैनिकका सम्पादक समेत रहनुभएका घोरसाइनेलाई मधेस प्रदेशबाट प्रतिष्ठान संमन्वय संयन्त्रको सदस्यमा मनोनित गरेको हो ।
९ सदस्यीय संयन्त्रको सचिवमा रविन्द्र स्मृति प्रतिष्ठानका रश्मी आचार्य रहनुभएको छ भने सदस्यहरुमा मदन÷आश्रीत स्मृति प्रतिष्ठानका मधु तिमल्सिना, मनमोहन स्मृति प्रतिष्ठानका दिपेन्द्र श्रेष्ठ, तुलसीलाल अमात्य प्रतिष्ठनका हिमबहादुर श्रेष्ठ, मोतिदेबी स्मृति प्रतिष्ठानकी तारा सञ्जेल, जीवराज आश्रीत स्मृति प्रतिष्ठानका युवराज घिमिरे, सुखानी शहिद स्मृति प्रतिष्ठानका हर्कराज राई र यदु गौतम स्मृति प्रतिष्ठानकी सुजाता गौतम रहनुभएको छ ।संयन्त्रले नेकपा एमाले पार्टी निकट प्रतिष्ठानहरुको काममा समन्वय र सहजीकरण गर्ने बताइएको छ ।


















