कलैया,अघिल्लो आर्थिक वर्षमा बारा जिल्लाबाट ५० हजार आठ सय १८ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराको राष्ट्रिय परिचयपत्र शाखाबाट १५ हजार आठ सय १६ जनाले परिचयपत्र लिएका छन् भने सिमरामा १० हजार ६८ जनाले यस सुविधा प्राप्त गरेका छन् ।त्यसैगरी, सिम्रौनगढबाट तीन हजार चार सय १९ जनाले, कोल्हबीबाट पाँच हजार पाँच सय ६ जनाले र विभिन्न पालिकाबाट १६ हजार नौ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् ।
यसअघि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जिल्लाको निजगढ, सिमरालगायत विभिन्न पालिका, जिल्ला प्रशासन कार्यालय कलैया र विभिन्न इलाका प्रशासन कार्यालयहरुबाट पनि परिचय पत्र वितरण गर्न सर्वसाधारणको फोटो खिच्ने कार्यक्रम संचालन गरेको थियो ।

Leave a Reply