काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई कोशी प्रदेश प्रमुखको समेत कार्यभार सम्हाल्ने जिम्मेवारी दिएका छन्।

कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ नियुक्ति नभएसम्मका लागि कर्णलाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपतिले कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत यससम्बन्धी जानकारी दिएका छन्।

नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म कर्णले मधेस प्रदेश प्रमुखको जिम्मेवारीसँगै कोशी प्रदेश प्रमुखको कार्यभारसमेत सम्हाल्नेछन्।

Leave a Reply