काठमाडौं, १० मंसिर। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो वरीयतामा पुगेकी छन्।
यसअघि मन्त्रिपरिषद्मा सातौं वरीयतामा रहेकी गौतमलाई पाँच स्थान माथि उकास्दै तेस्रो स्थानमा पुर्याइएको हो। यसअघि तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको स्थान भने परिवर्तन भएको छ।
गौतमको वरीयता बढेसँगै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको मर्यादाक्रम एक–एक स्थान तल झरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीभित्र तेस्रो वरीयतामा रहेकी छन्। तर, मन्त्रिपरिषद्मा भने उनी यसअघि सातौं स्थानमा थिइन्।
पार्टीभित्रको वरीयतासँग तालमेल मिलाउने गरी प्रधानमन्त्री शाहको सिफारिसमा उनको मन्त्रिपरिषद्को मर्यादाक्रमसमेत परिवर्तन गरिएको हो।
















