कलैया,बाराको देवताल गाउँपालिकाले गाउँबस सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले संचालनमा ल्याएको बस सेवाबाट स्थानीय सेवाग्राहीले निशुल्क सेवा प्राप्त गर्न सक्ने छ ।

गाउँपालिकाले चालु वर्षको निति तथा कार्यक्रममा घोषणा गरे बमोजिम बस सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले बताउनुभयो । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिइरहेका बृद्धबृद्धाहरुलाई बैंकसम्म आउन र सुविधा प्रदान गर्ने उद्देश्यले बस सेवा संचालनमा ल्याएको सिंहले बताउनुभयो । ‘सेवाग्राही जेष्ठ नागरिकहरुलाई घरबाट कार्यालयसम्म पुग्न निकै नै कठिनाइ र असहज थियो, अध्यक्ष सिंहले भन्नुभयो, गाउँ बस सेवा संचालनमा आएपछि सहज भएको छ ।’ उक्त बस ३९ लाखको लागतमा खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here