निजगढ,युथ अफ निजगढ अध्यक्षमा कमल बजगाई निर्वाचित भएका छन् ।निजगढ– ४ स्थित शहिद हिरालाल पार्कमा भएको क्लबको १०औं साधारणसभाले बजगाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।क्लबको उपाध्यक्षमा कमल पराजुली, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सचिवमा मनिता पाण्डे (लक्ष्मी), सहसचिवमा रवि सापकोटालाई सर्वसम्मत निर्वाचित गरेको हो ।त्यसैगरी सदस्यमा प्रलाद तिमल्सिना र मुक्ति सुवार लगायत सर्वसम्मत निर्वाचित भएका छन् ।क्लबकी अध्यक्ष उषा लामा मोक्तानको अध्यक्षतामा भएको साधारण सभा कार्यक्रममा क्लबका पूर्वअध्यक्ष जीतलाल श्रेष्ठ, राजन श्रेष्ठ, सल्लाहकार भाईकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply