१० मंसिर, काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसियामा नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। मन्त्रालय स्रोतका अनुसार उनलाई पक्राउ गरिएको भए पनि पक्राउको स्थान र अन्य विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

यसअघि यही प्रकरणमा तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।

उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान गरिरहेको छ।

Leave a Reply