कृपा संवाददाता
हेटौंडा , १४ मंसिर । नेपाल नर्षिङ संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धी तालिम हेटौंडामा भएको छ । तालिमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वाथ्यकर्मीले आफ्नो क्षमता अभिबृद्धी गरेर विरामीको सेवा गर्नुपर्ने वताउनुभयो ।

 

 

स्वास्थ्य जस्तो संबेदनशिल पेसामा लागेकाले यसमा दृढ भएर लाग्नेलाई आफुले पनि सहयोग गर्ने वताउनुभयो । यसैबीच हेटौंडाको पदमपोखरीमा माइ वेलनेश केयरको आज उद्घाटन् गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभयो । कार्यक्रममा स्वास्थ्य तथा सौन्दर्यता सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । स्थानीय उत्पादनलाई जोड दिएकोमा मेयर महतले धन्यवाद समेत दिनुभयो ।

Leave a Reply