काठमाडौं : इजिप्टको राजधानी कायरोमा बुधबार साँझ भएको एक भीषण सडक दुर्घटनापछि आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार राजमार्गमा एक इन्धन ट्याङ्कर दुर्घटनाग्रस्त भएपछि आगो दन्किएको थियो। उक्त आगलागीमा परेर वरपर रहेका कैयौं सवारी साधनसमेत जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
कायरोको वर्राक क्षेत्रस्थित रिङरोडमा उक्त दुर्घटना भएको हो। घटनालगत्तै आगोले जलेका तथा धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएका घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्याएर उपचार थालिएको थियो।
अधिकारीहरूले आगलागीको आधिकारिक कारणबारे अझै स्पष्ट जानकारी गराएका छैनन् । यद्यपि, सरकारी सञ्चारमाध्यमका अनुसार इन्धन बोकेको ट्याङ्कर पल्टिँदा त्यसमा रहेको पेट्रोल सडकभरि पोखिएको र नजिकै रहेका सवारी साधनहरू आगोको चपेटामा परेका हुन्।
सरकारी पत्रिका ुअल(अहरामु ले अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार एक निजी ठेकेदारको स्वामित्वमा रहेको उक्त ट्याङ्कर राजमार्गमा गुडिरहेकै बेला अगाडिपट्टि हाई(भोल्टेज बिजुलीको तार खसेको थियो। सोही कारण चालकले सवारीमाथिको नियन्त्रण गुमाउँदा ट्याङ्कर डिभाइडर नाघेर पल्टिएको र तत्कालै आगलागी भएको बताइएको छ। समाचार र शिर्षक परिवर्तन गरी तयार पार्नुहोस्

















