काठमाण्डौ – भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३५८ पुगेको छ भने अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंगलबार साँझ ६ बजेसम्म बाढीमा मृत्यु भएका एक हजार ३५८ जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा ३६३ जनाको शव भेटिएको हो ।
यस्तै, रसुवामा १७०, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ जनाको शव भेटिएको हो ।
उनीहरूमध्ये १०२ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ । अन्य एक हजार २५६ जनाको पहिचान खुल्न सकेको छैन । प्राधिकरणका अनुसार, हालसम्म पाँच ३२६ जना सम्पर्कविहीन छन् । उनीहरूमध्ये सबैभन्दा बढी रसुवाबाट दुई हजार ८६० जना हराएका छन् । नेपाली तथा विदेशी टोलीले खोज तथा उद्धार जारी राखेको छ । भोटेकोसी नदी किनार र जलविद्युत् आयोजनाका सुरुङमा खोजी भइरहेको प्राधिकरणले जनाएको छ ।















