निजगढ,निजगढको सहिद चोकमा एजु हब इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आउने भएको छ ।
केहि वर्षदेखि निजगढमा कम्प्युटर सम्बन्धित सामग्री खरीद बिक्री र मर्मत गर्दै आइरहेको फ्युजन टेक सोलुशनले व्यवसायिक क्षेत्र विस्तार गर्दै कम्प्युटर शिक्षा सम्बन्धि तालिम प्रदान गर्ने उद्देश्यले इन्स्टिच्युट पनि सञ्चालनमा ल्याउन लागको हो ।

सञ्चालक प्रवेश शर्माका अनुसार ईन्स्टिच्युटबाट बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल (एमसीपी), सीसीएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी लगायतको तालिम प्रदान गरिनेछ ।सेन्टरबाट हरेक दिन कम्तिमा एक घण्टा सैद्धान्तिक र १ घण्टा व्यवहारिक शिक्षाको कक्षा संचालन गरिने बताइएको छ । सेन्टर सञ्चालनमा आएपछि निजगढका युवाहरुले घरमै बसेर प्रविधिसम्बन्धी सीप हासिल र रोजगारी पनि सृजना गर्नसक्ने संचालक शर्माले बताउनुभयो । यसबाट युवाहरुको बढ्दो विदेश पलायन रोक्न सकिने उहाँको विश्वास छ ।

एसईई तथा कक्षा १२ पूरा गरेका विद्यार्थीहरुको लागि ३ महिनामा पूरा हुने गरी कम्प्युटरका कोर्स डिजाइन गरिएको पनि शर्माले जानकारी दिनुभयो । एसईई दिएका विद्यार्थीहरुको लागि २५ देखि ४० प्रतिशातसम्म छुट दिने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुयो ।सेन्टरबाट जापानिज, अंग्रेजी र कोरिया भाषा सिक्न चाहनेलाई निःशुल्क बेसिक कम्प्युटर कोर्सको सुविधा समेत दिइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here