कलैया,यातायात व्यवस्था कार्यालय कलैयाले आर्थिक वर्ष २०८१-८२ मा राजस्व संकलनमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै तीन गुणा बढी राजस्व संकलन गर्दै ९ करोड ९३ लाख ८४ हजार ४ सय ९६ रुपैयाँ राज्यको खातामा जम्मा गरेको हो।कार्यालय प्रमुख अविन्दर दासका अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा जम्मा ३ करोड ४७ लाख ४५ हजार ३६ रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। तर, चालु वर्षमा सवारी कर, चालक अनुमतिपत्र, सवारी दर्ता तथा अन्य प्रशासनिक शुल्कबाट उल्लेख्य वृद्धि भएको देखिएको छ।

सवारी साधन करबाट मात्र यो वर्ष ४ करोड ४६ लाख ८१ हजार ५४ रुपैयाँ संकलन गरिएको छ, जुन अघिल्लो वर्षको २ करोड १३ लाख ५९ हजार २१३ रुपैयाँभन्दा निकै बढी हो। चालक अनुमतिपत्र तथा सवारी दर्ताबाट मात्र ४ करोड ८५ लाख १६ हजार ७२६ रुपैयाँ राजस्व उठेको छ।यो अघिल्लो वर्षको १ करोड १८ लाख ९१ हजार १० रुपैयाँभन्दा करिब चार गुणा बढी हो। कार्यालयका अनुसार, अन्य प्रशासनिक सेवा शुल्कबाट ३० हजार रुपैयाँ र यातायात क्षेत्र सम्बन्धी अन्य शुल्कबाट ६० लाख ८९ हजार ८० रुपैयाँ संकलन गरिएको छ।

Leave a Reply